Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • ‘करीब नौ खर्ब विप्रेषण भित्रियो’

‘करीब नौ खर्ब विप्रेषण भित्रियो’

alt
  • भदौ १६, २०७६
  • रासस
 
काठमाडाै / आर्थिक वर्ष २०७५/०७६ मा झण्डै रु नौ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ‘देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति’मा विप्रेषण आप्रवाह रु आठ खर्ब ७९ अर्ब २७ करोड पुगेको उल्लेख छ । गत आर्थिक वर्ष २०७५/०७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा रु सात खर्ब ५५ अर्ब ६ करोड विप्रेषण भित्रिएको थियो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्ष यस्तो आप्रवाह १०.२ प्रशितले बढेको थियो । गत आवमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजागारीमा जानेको सङ्ख्या ३२.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ९.३ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा वर्षमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो स¬ङ्ख्या ०.६ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा चालू खाता रु दुई खर्ब ६५ अर्ब ३७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा रु दुई खर्ब ४७ अर्ब ५७ करोड रहेको थियो ।
यस्तै आव २०७५/०७६ मा शोधनान्तरस्थिति रु ६७ अर्ब ४० करोडले घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष शोधनान्तरस्थिति रु ९६ करोडले बचतमा रहेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा पूँजीगत ‘ट्रान्सफर’ रु १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १३ अर्ब सात करोड रहेको छ । अघिल्लो वर्ष पूँजीगत ट्रान्सफर रु १७ अर्ब ७२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु १७ अर्ब ५१ करोड रहेको थियो । –––
सम्बन्धित समाचार
सुनको मूल्य इतिहासकै उच्च

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै स्थानीय बजारमा पनि सुनको भा ...

मध्यरातमा हातखुट्टा भाँच्चिने गरी निर्मम कुटपिट

विराटनगर । नेकपा (एमाले) सुनसरीका जिल्ला कमिटी सदस्य तथा इटहरी उपमहानगरपालि ...

धरानमा बेचिने पानीको जार अधिकांश विना लेभलका

धरान । धरान उपमहानगर क्षेत्रमा पानी वितरण गर्दै आएका पानी उत्पादक कम्पनीले ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनको मूल्य इतिहासकै उच्च
मध्यरातमा हातखुट्टा भाँच्चिने गरी निर्मम कुटपिट
धरानमा बेचिने पानीको जार अधिकांश विना लेभलका
हिबिस्कसका भाइस प्रिन्सिपललाई अवार्ड
लहानमा मलको राजनीतिः किसानलाई सास्ती
वराहक्षेत्रमा चर्कियो प्रमुख र शिक्षकबीचको विवाद
मल विवादः उपप्रमुखको कार्यकक्षमा तालाबन्दी
राष्ट्रिय साझा पार्टीमा पुनः कोयी
हिमाली सङ्कटः स–साना ताल, ठूला खतरा
आजको राशिफलः २०८२ साल भदौ १६ गते सोमबार
हृदयरोग निवारण प्रतिष्ठानले मुटु बचाउन पदयात्रा गर्ने
बेवारिसे अवस्थामा गाँजा बरामद
स्वीमिङ पुलमा युवा मृत फेला
आजको राशिफलः २०८२ साल भदौ १५ गते आइतबार
मञ्जुलाको काव्यकारिता र ‘अक्षर–तरङ्ग’
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved