पथरी / मोरङको कानेपोखरी गाउँपालिका वडा नं.–३ स्थीत दिपेन्द्र चोकको यशोधारा कृर्षी फर्ममा वर्डफ्लु संक्रमण भेटिएको छ । वर्डफ्लु संक्रमण भेटिएपछि सोमबार पशु पन्छी विशेषज्ञहरुको ११ जनाको टोलीले फर्ममा भएको २ सय २२ वटा पन्छी नष्ट गरेको छ ।
फर्मको १८ वटा वटाई, ८५ वटा लोकल कुखुरा, ५५ वटा हाँस र ६४ वटा टर्की लगाएत २ सय २२ वटा मारेर खाल्ट खनी पुरेर नष्ट गरेको हो । लोकल कुखुराको ७० वटा अण्डा पनि नष्ट गरेको थियो । फर्ममा चारोको लागी राखिएको १७ सय ८० केजी मकै, मुसुरोको दाल र खेसरीदाललगाएतको चारोको दाना पनि नष्ट गरिएको थियो । पन्छीलाई ज्छल्ज्ञप्रकारको भाइरसको संक्रमण देखिएको पशुपन्छी रोग अन्वेशन प्रयोगशाला विराटनगरका प्रमुख डा. सञ्जय कुमार यादवले बताए ।
फर्ममा भदौ ३ गते देखि लोकल कुखुरा मर्न थालेको थियो । सुरुको दिन ५ वटा मरे पछि भदौं ५ गते इटहरीको भ्याली एग्रोभेट, ७ गते दमकको सुवेदी एग्रोभेटमा पनि पत्ता नलागेपछि विराटनगर स्थित क्षेत्रीय पशुरोग अन्वेशन प्रयोगशालामा चेकजाँच गर्न लगिएको थियो । विराटनगरले ११ गते काठ्माडौँको केन्दी्रय प्रयोगशालामा पठाए पछि १५ गते वर्डफ्लु संक्रमणको रिपोर्ट आएको पशुपन्छी विकास महाशाखाको प्रमुख डा. पशुपति ढुगानाले बताए ।