झापा । एनआइसी एशिया वैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर विमा सुविधा खाता सञ्चालनमा ल्याएको छ ।
निक्षेप योजना अन्तर्गत बैंकले आफ्ना ग्राहक तथा उनीहरुका परिवारको सुरक्षार्थ विमा सेवा लागू गरेको शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । बैंकका अनुसार एक करोड ३१ लाख ५० हजारसम्मको विमा सुविधा योजना ल्याइएको छ । जस अन्तर्गत परिवारका सदस्यसम्मले दुर्घटनाबाट मृत्यु वा पूर्ण असक्तताका लागि एक करोडसम्मको विमा सुबिधा लिन सक्नेछन् । २५ वटा प्राणघातक रोगको उपचारको लागि यो योजना लागू गरिएको छ ।
क्यान्सर, मृगौला, हृदयघात, व्रेनट्युमर, मुटुरोग, अन्न्धोपनलगायतका रोगहरुको उपचारका लागि बैकले रकम उपलब्ध गराउने छ ।
नेपालमै वढी शाखाहरु सञ्चालन भएको दावी गर्दै आएको बैंकले एकहजार, २५ हजार र एकलाख रुपैयाँसम्म रकम खातामा जम्मा गर्नुपर्नेछ । सील्भर खाता सञ्चालन गर्न न्युनता एकहजार रुपैयाँ खातामा जम्मा हुनै पर्ने बैंकका उपक्षेत्रीय प्रमुख दशरथ पराजुलीले बताए ।
उनका अनुसार उक्त खाताको योजनाबाट परिवारका ४ जना सदस्यले सेवा लिन सक्नेछन् । ‘उक्त खातामा जम्मा गरिएको रकमको ४ गुणा वढाएर सेवाग्राहीलाई सुविधा उपलब्ध गराउनेछौं’ उनले भने ।
त्यस्तै गोल्ड योजना अन्तर्गत २५ हजार रुपैयाँको खाता खोले परिवारका दुई सदस्यका लागि १० लाखसम्मको विमा रकम दिइने छ ।
यस्तै डायमण्ड योजना अन्तर्गत एकलाख रुपैयाँको खाता सञ्चालन गरे एक करोड ३१ लाख ५० हजार रुपैयाँको परिवारका दुई सदस्य (श्रीमान÷श्रीमती) ले सुविधा पाउने उपक्षेत्रीय प्रमुख पराजुलीले जानकारी दिए ।