धरान/सुनसरी उद्योग वाणिज्य सङ्घले ५६ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार व्यवसायीलाई कर शिक्षाबारे जानकारी गराएको छ ।

सङ्घले वस्तुगत सङ्घसंस्थाका प्रतिनिधि तथा उद्योगी व्यापारीको सहभागितामा कर शिक्षाबारे जानकारी गराएको हो । सहभागीलाई आयकर, व्यक्तिगत स्थायी लेखा नम्बर, पान तथा मूल्य अभिवृद्धि कर (भ्याट) बारे जानकारी गराइएको अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिए ।

सहभागी उद्योगी, व्यवसायीलाई धरानको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत रमेश ओझाले सहजीकरण गरे । वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरिरहेको छ ।