धरान / धरान उपमहानगरपालिकाले धरानलाई औद्योगिक ग्राम बनाउने योजना अघि सारेको छ । जनसहभागितामा विकास भएको धरानलाई सम्वृद्ध बनाउन उपमहानगरले औद्योगिक ग्रामको अवधारणा अघि सारेको हो ।
त्यसका लागि धरान उपमहानगरपालिकाले २० विगाहा जमिनसमेत छुट्याएर उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीलाईमा प्रास्ताव पठाइएको धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले जानकारी दिइन । उनले भनिन–‘सबै प्रक्रिया पुरा भएको छ । मन्त्री यादवसँग पनि कुरा भइ सकेको छ । अव क्याविनेटबाट निर्णय हुन बाँकी छ ।’
धरानमा औद्योगिक ग्राम स्थापना पछि यहाँ बेरोजगारी समस्या हटेर जाने कार्यवहाक मेयर भण्डारीले दावी गरिन ।