आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७२ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य ७२ हजार ३ सय रहेको छ। आज नेपाली बजारमा चाँदीको मूल्य तोलाको ८६० रुपैयाँ रहेको छ। पछिल्लो समय सुनको मूल्यमा उतारचढाव आइरहेको छ।