जिरोपोइन्ट / पराग बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले आफ्ना शेयर सदस्य, सञ्चालक समिति र बजार प्रतिनिधिहरुलाई सहकारी शिक्षा विषयक एक दिने प्रशिक्षण दिएको छ ।
धरानमा रहेको होटल नवयुगमा शनिबार भएको उक्त सहकारी शिक्षा विषयक प्रशिक्षण कार्यक्रममा सहकारीमा आबद्ध आबद्ध शेयर सदस्य, सञ्चालक समिति र बजार प्रतिनिधिहरु गरी जम्मा ३० जनाको सहभागिता रहेको थियो । उनीहरु सम्पूर्णलाई जिल्ला सहकारी संघका सदस्य तथा धरान नगर सहकारी विकास समितिका सदस्य चन्द्र सुबेदी र रोशन ढकालले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रम भन्दा अगाडी भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथीको रुपमा धरान उपमहानगरपालिकाका कार्यवहाक मेयर एवम् जिल्ला सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष तथा नगर सहकारी विकास समिति धरानका संयोजक नरेश कुमार इवारम रहेका थिए । साथमा अतिथिमा वडा नम्बर ३ का वडा सदस्य उषा सुब्बा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष रुपककुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।