धरान । मोरङ धनपालथान गाउँपालिका–४ का मोहम्मद समीर अन्सारीको गाईगोठबाट सल्किएको आगोले घरसमेत जल्दा केही धनमाल जलेर नष्ट भएको छ ।

मोरङ प्रहरीका अनुसार बिहीबार बिहान करिब साढे ४ बजेतिर गाईगोठमा बालेको घुबाट आगलागी हुँदा फुसको कच्ची घरसमेत जल्न पुगी करिब एक लाख २० हजार रुपैयाँ बराबरको नगद, जिन्सी सामानहरू जलेर नष्ट भएको हो । आगो स्थानीयवासी, प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरी टोलीले करिब एक घण्टापछि नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता रामजुकार खिउजुले जानकारी दिए ।