देउराली । इराकमा घरेलु हिङ्सामा परी घाइते भएकी शान्ता राइको घर निमार्णका लागी एकलाख ६५ हजार जुटेको छ ।
अपाङ्ग पुनर्स्थापना तथा असाय सेवा केन्द्र धरानका पदाधिकारीहरुको सक्रीयतामा धरान घरेलु कामदारकालागी इराक पुगी घरेलु हिङ्सामा परी घाइते भएर भएकी धरान १६ मा बहिनिको घरमा बसदै आएकी राईको घर निर्माणकालागी १ लाख ६५ हजार ५ सय १२ रुपैया जुटेको छ ।
केन्द्रका पदाधिकारी तथा समाजसेवीहरुले बहिनीको घरमा बस्दै आएकी राईको घर निर्माणकालागी शान्ता राई घर निर्माण समिती गठन गरेर सहयोगीहरुसंग रकम संकलन गरेपछि उक्त रकम संकलन भएको केन्द्रका अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।
श्रीमानसंग सम्बन्द विक्षेद गरेर विगत लामो समयदेखी एक्लै बस्दै आएकी राईको आफ्नो नाममा जग्गा नभएपछि धरान १६ मा नै रहेको सुकुम्बासी क्षेत्रमा केन्द्रले जग्गा फेला परेसंगै राईको घर निर्माणका लागी अभियान थालिएको खड्काले बताए ।
हालसम्म धरानकी लक्ष्मी खड्का र कोपीला खड्काकाे तर्फबाट १ लाख १० हजार, धरान १३ का उजुर बहादुर मिक्चन (उमेस) बाट २० हजार, धरान १५ का टंङ्क राईको तर्फबाट २५ हजार ५ सय १२ र समिती संयोजक लक्ष्मी सिजापतीको तर्फबाट १० हजार गरी १ लाख ६५ हजार ५ सय १२ रुपैयाँ जुटेको समिती संयोजक सिजापतीले बताए ।
भदाैंको पहिलो हप्ताबाट घर निर्माणको काम सुरु गर्ने लक्ष्य लिएको समितीले घर निर्माणकालागी ३ लाख लाग्ने अनुमान गरेको छ । घर निर्माणको तैयारी गरीरहदा अनुमानित रकमको आधा रकम मात्र जुटिरहेको अवस्थामा सिजापतीले विभिन्न संघ संस्थाहरु तथा व्याक्तीमा सहयोगको लागि अपिल गरेकी छिन् ।
इराकको पूर्वीस्तान प्रान्तमा एक परीवारमा घरेलुकामदारका रुपमा काम गरीरहेकी राईले समयमै समयमै तलव नपाएपछि तलव माग गर्द पनि दिन आनाकानी गरेपछि नेपाल फर्कन्छु भनेपछि घरको पाँच तलाबाट सडकमा फ्याकीदिएपछि घाइते बनेकी राईलाई विभिन्न संघ संसथा तथा संञ्चारमाध्यमको सहयोग करिव डेढ वर्ष अगाडी नेपाल ल्याइएको थियो ।
राईको दुई वटै खुट्टा र ढाडमा स्टिल लगाइएको छ । कम्मर देखी मुनी राम्रोसंग नचल्ने राई झै पनि उपचारकै क्रममा छिन् । घाइते भएपछि सिलाई बुनाई सिकेकी राईलाई, सामाजिक संस्थाले टेलर्स उपलव्द गराएपछि पुराना कपडा सिलाउदै आएकी राईले हप्तामा हजार रुपैयाँ उपचार खर्चमा लाग्ने गरेको बताएकी छिन् ।
उनि भन्छिन् “ सामान्य कपडाहरु सिलाउछु, उपचार खर्चमा नै सकीन्छ स्थानिय सरकार तथा संघ संस्थाहरुले व्यावसाय पुखी सिप र आवश्क बस्तु उपलब्द गराइदीए आफैले कमाएर जिवन चलाउन सक्ने थिए ”































