हिजोआज धेरैलाई दाँतको समस्या रहेको छ । दाँत पहेँलो हुनु अहिलेको मुख्य समस्या हो । सही तरिकाले दाँतको हेरचाह नगर्दा दाँत पहेँलो हुन्छ । पराग, सुर्ती खाँदा पनि दाँत पहेँलो हुन्छ । आफ्नो अनुहारको सुन्दरतामा दाग आउँछ । त्यतिमात्र होइन धेरैको आत्मविश्वाश पनि घटेको देखिएको छ । दाँतको पहेँलोपन हटाउने ६ वटा घरेलु उपायहरू यसप्रकार छन् ।
१. तुलसीको पात : तुलसीमा दाँतको पहेँलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाई टुथपेस्टसँग मिलाएर ब्रस गर्ने गर्दा दाँतको पहेँलोपना हटेर चमक बनाउँछ ।
२. नुन र तेल : गाउँघरतिर नुन र तेलले दाँत सफा गर्ने चलन अझै पनि छ । नुनमा २ र ४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केही दिनमै दाँतको पहेँलोपना हटेर जान्छ ।
३. सुन्तलाको बोक्रा : सुन्तलाको बोक्रालाई घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् । दाँत ब्रस गरिसकेपछि उक्त पाउडरले दाँतमा हल्का मसाज गर्नुहोस् । सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन ‘सी’ र ‘क्याल्सियम’ का कारण दाँत चम्किलो हुन्छ ।
४. गाँजर : खाना खाइसकेपछि दिनहुँ गाजर खाने गर्नाले पनि दाँतको पहेँलोपना हट्छ । गाँजरमा रहेका रेसाहरूले दाँतलाइ राम्रोसँग सफा गर्न मद्दत गर्दछ ।
५. नीमको पात : नीमको उपयोग धेरै पहिलेदेखि नै दाँतको सफाइका लागि गरिँदै आएको छ । यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने शक्ति हुन्छ । दिनहुँ नीमको काठ वा निमको सानो हाँगाले दाँत सफा गर्ने हो भने दाँतमा कुनै किसिमको रोग लाग्दैन र पहेँलो भएको भए पनि हट्छ ।
६. कागती : कागतीको रसले पनि दाँतलाई चम्किलो बनाउँछ । कागतीको जति रस छ, त्यति नै मात्रामा पानी मिसाउनुहोस् । खाना खाइसकेपछि यही कागती पानीले दिनहुँ कुल्ला गर्ने गर्नुहोस् । यसो गर्दा दाँतको पहेँलोपना त हट्छ नै साथै सास गनाउने समस्या पनि समाधान हुन्छ ।
साभारः हेल्थखबर