पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरेमा ५ दिने राजयोग ध्यान शिविर सुरु भएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र पथरीशनिश्चरेले आयोजना गरेको शिविरको सोमवार १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देनले उद्घाटन् गर्दै अव ध्यान र योगले मात्र मानवलाई तन्दुरुस्त राख्न सक्ने बताए ।
शिविरमा ८० जना बढी सहभागिका लागि सेवा केन्द्रका प्रशिक्षक अर्जुन थपलियाले तालिमको सहजिकरण गरिरहेका छन् । उनले मानवमा मनले सोच्ने, बुद्धिले विवेक पुर्याउने र त्यसबाट र्सिजना भएको व्यवहार नै संस्कार वन्ने बताए । साथै उनले मानिस भौतिक सुखका लागि दुखी बनिरहेकाले मनको सुख र शान्तिका लागि ध्यान र योगको आवश्यक रहेको विषयमा गहन जानकारी गराए ।