जिरोपोइन्ट / बास्केटबलको तेस्रो समर ट्रेनिङ क्याम्प गरिने भएको छ । धरान बास्केटबल सङ्घले साउन ४ गतेबाट समर क्याम्प राख्ने भएको हो । ‘बालमैत्री समाज हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ राखिन लागिएको तालिममा करिब १ सय विद्यार्थी सहभागी हुने अपेक्षा आयोजकले गरेको छ ।

गर्मी बिदालाई लक्षित गर्दै शुरु गरिन लागिएको क्याम्प धरान–१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा हुन लागेको हो । त्यस्तै धरान–१६ स्थित कभर्ड हलमा पनि गरिने आइतबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । सहभागी प्रशिक्षार्थीहरूलाई बास्केटबल प्रशिक्षक एवम् धरान बास्केटबल सङ्घका सचिव विकास चाम्लिङले तालिम दिँदै छन् ।

विद्यार्थीहरूले सहभागिता जनाउनका लागि न्यूनतम १५ सय रुपैयाँ शुल्क बुझाउनु पर्ने प्रशिक्षक चाम्लिङले जानकारी दिए । उनीहरूलाई टिसर्ट, बास्केटबल र प्रमाण–पत्र प्रदान गरिने छ । प्रशिक्षार्थीहरूमध्येबाट उदयीमान छात्रा र छात्र एक–एक जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । उनीहरूलाई बास्केटबलको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने छ । दैनिक अभ्यासका माध्यमबाट विद्यार्थीहरूलाई प्रशिक्षण गराइने नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष एवम् धरान बास्केटबल सङ्घका अध्यक्ष सुरजकुमार लामाले जानकारी दिए ।

IMG_20190714_110218_807