धरान/ रुद्राक्ष व्यवसायी सङ्घ जिल्ला कार्य समिति सुनसरीले उन्नत जातको रुद्राक्ष खेतीसम्बन्धी शनिबार अन्तरक्रिया कार्यक्रम धरान –२० को वडा कार्यालयमा सम्पन्न गरेको छ ।

रुद्राक्षको प्रयोग नेपालमा नभएको कारणले विदेशी मुन्द्रा नेपालमा भित्र्याउने मुख्य माध्यम रुद्राक्ष भएको रुद्राक्ष व्यापारी तथा व्यवसायी प्रेम पराजुलीले बताए । रुद्राक्षमा प्राकृतिक बुट्टा हुने भएकोले रुद्राक्षलाई चीनमा गहनरूपमा लिने गरेको कार्यक्रममा बोल्दै व्यवसायी पराजुलीले बताए ।

त्यस्तै रुद्राक्षमा हिन्दु धर्मावलम्बीको प्रमुख आस्था भएको कारणले विश्वमा रुद्राक्षको महत्व रहेको व्यवसायी पराजुलीले बताए । रुद्राक्षमा काँडा हुने र यसमा चुम्बकीय शक्ति हुने हुँदा रुद्राक्ष लगाउँदा रक्तचाप नियन्त्रण हुने कार्यक्रममा व्यवसायी पराजुलीले बताए ।

रुद्राक्ष रोप्दा बिरुवा अलिक ठूलो भएपछि फराकिलो ठाउँ खनी मल लगाएर रोप्दा छिटो फल्ने व्यवसायी पराजुलीले दाबी गरे । रुद्राक्ष फल्ने बेलामा मल लगाउने र फल लाग्न थालेपछि फल छाँट्ने हो भने रुद्राक्ष ठूलो आकारको फल्ने व्यवसायी पराजुलीले बताए ।

सरकारले रुद्राक्ष वनमा पाइने भएको ले यसको किनबेच गैरकानूनी भनेको हुँदा कृषकले आफ्नो बारीमा फलेको रुद्राक्ष बेच्दा जेल जानु परिरहेको व्यवसायी पराजुलीले बताए । यस्तो अवस्था अन्त्य गर्न जनप्रतिनिधिले सुलभ कर तिरेर बेचबिखन गर्न पाउने माहोल बनाइदिनु पर्ने विचार व्यवसायी पराजुलीले व्यक्त गरे ।

साथै नेपालमा पाइने रुद्राक्ष अरू देशमा पाइने रुद्राक्षभन्दा राम्रो गुणस्तर भएको व्यवसायी पराजुलीले दाबी गरे । रुद्राक्षको दाना खाने र यसको तेल निकालेर खाँदा मुटुसम्बन्धी रोग निको हुने पूर्व सभासद् तथा रुद्राक्ष विशेषज्ञ नरेन्द्र बस्नेतले बताए । रुद्राक्ष व्यापारीको लागि सुलभ करको व्यवस्था, तुम्लिङ र सुनसरीमा गोदाम बनाउने उनले बताए ।

रुद्राक्ष व्यवसायी सङ्घले हेल्पिङ अस्पतालसँग सम्झौता गरेको र अन्य अस्पतालसँग पनि सम्झौता गर्ने विशेषज्ञ बस्नेतले जानकारी दिए । सम्झौता गर्नाले त्यस अस्पतालमा संस्थाको व्यक्तिले उपचार गराउँदा र औषधि किन्दा छुट पाउने विशेषज्ञ बस्नेतले जानकारी दिए ।

त्यस्तै व्यापारको लागि लाइसेन्स, सङ्घको विस्तार , रुद्राक्षबारे प्रचार–प्रसार, व्यापार व्यवसायमा आइपर्ने समस्याको चर्चा र रुद्राक्ष व्यवसायी सहकारी संस्थाको स्थापना गर्नुपर्ने विशेषज्ञ बस्नेतले बताए । कार्यक्रममा राजनीतिक दल, विभिन्न सङ्घ–संस्था, किसान, रुद्राक्ष व्यवसायी र व्यापारीको उपस्थिति रहेको रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष पोष्टराज राईले बताए ।