सुनसरी । इटहरीबाट सञ्चालित पाथीभरा एड्भरटाइजिङ उत्कृष्ट कारोबार गर्ने एजेन्सीका रूपमा घोषणा गरिएको छ ।
काठमाडौंबाट प्रकाशित राजधानी दैनिकको १९ औ वार्षिकोत्सवको अवसरमा पाथिभरालाई उत्कृष्ट अवार्ड घोषणा गरिएको एजेन्सीका प्रबन्ध निर्देशक पवन अधिकारीले बताए  । सो अवसरमा उत्कृष्ट एजेन्सी अवार्डका रूपमा घोषणा गर्दै नेपाल विज्ञापन सङ्घका अध्यक्ष शशि रिजाल र राजधानी दैनिक प्रकाशन प्रालिका अध्यक्ष महेन्द्र शेरचनले संयुक्त रूपमा सो अवार्ड प्रदान गरेका थिए । बिहीबार

काठमाडांैमा आयोजित सो कार्यक्रममा सो अवार्ड प्रवन्ध निर्देशक पवन अधिकारीले ग्रहण गरेका थिए । तीन वर्षदेखि पाथीभरा एड्भरटाइजिङ उत्कृष्ट एजेन्सीका रूपमा सम्मातिन हुँदै आएको छ ।
अवार्ड ग्रहण गर्दै एजेन्सीका प्रबन्ध निर्देशक पवन अधिकारीले यो अवार्ड प्राप्त गर्नु आफनो लागि गौरवको विषय भएको भन्दै काममा थप उत्साह मिलेको बताए । आगामी दिनमा एजेन्सीलाई थप परिष्कृत गर्र्दै उत्कृष्ट बनाउन लागि पर्ने पनि उनको भनाइ थियो । सोही अवसरमा कलश एड्भरटाइजिङ, जोइन मिडिया, सफल मिडिया र म्याक्स मिडिया प्रालिलाई समेत राजधानी दैनिकको वार्षिक उत्सवका अवसरमा सम्मान गरिएको थियो ।