धरान । धरान प्रज्ञा प्रतिष्ठानले कला साहित्य, रंगमञ्च, चित्रकारिता, सङ्गीत क्षेत्रका ६ श्रष्ठालाई २५ हजार नगदसहित शुक्रबार सम्मानित गरेको छ ।

धरानका पुराना बुद्धिजिवि कृष्णप्रदास श्रेष्ठ विएलाई अभिनन्दन गरेको छ । सम्मानित हुनेमा भाषाविद प्रा डा टंक न्यौपाने, कवि साहित्यका बम देवान, रंगमन्चकी अभिनेत्री शारदा शाक्य, चित्रकार प्रनोद दत्त, नृत्यकार मणीकुमार राई, संगीतकार जीवन भट्टराई रहेका छन् ।

उनीहरु पाचै जनालाई जनही नगद २५ हजार रुपैया, प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरूलाई उपमहानरपालिकाका कार्यवाहक प्रमुख मन्जु भण्डारी सुवेदी र प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्भाहाम्फेले सम्मान गरेका थिए ।