Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • दश सिमेन्ट उद्योगसहित ६७ उद्योग कारवाहीमा

दश सिमेन्ट उद्योगसहित ६७ उद्योग कारवाहीमा

alt
  • असार २०, २०७६
  • रासस
 
काठमाडाै‌ / नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो ।
विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा, होङ्सी शिवम् सिमेन्ट प्रालि, प्रिमियर वायर प्रालि विराटनगर, विश्वकर्मा सिमेन्ट प्रालि पर्सा, एशियन थाई फुड प्रालिलाई कारवाही गरेको हो ।
मेगा सिमेन्ट झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, सुगा म्यानुफ्याक्चर, गोल्डेन ब्याट्री, गोरखकाली सिमेन्ट झापा, अन्नपूर्ण सिमेन्ट मोरङ, मारुती सिमेन्ट, ओम सिमेन्ट, जस्मिन पेन्टस् चितवन, नेपाल शालिमार सिमेन्ट, पशुपति पेन्टस्, अम्बे सिमेन्ट कारवाहीमा परेका छन् ।
यस्तै, शिखर केवल, प्रिमियर केवल, एभरेष्ट रोलिङ मिल्स, शिवशक्ति घ्यू उद्योग, जगदम्बा स्टिल, कमला रोलिङ मिल्स, लक्ष्मी स्टिल, नेपाल अम्बुजा सिमेन्ट, एशियन थाइफुड, युनिट वायर एण्ड केवल, मित्तल सिमेन्टलगायतलाई पनि कारवाही गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने उद्योगलाई कारवाही गरिएको बताए । “कारवाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्री वितरण रोकिएको छ”, उनले भने । कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको उल्लेख गर्दै महानिर्देशक पुडासैनीले गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने बताए । विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित झण्डै ४०० प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ । विभागको टोली उद्योगमा गएर अनुगमन गर्ने तथा केहीलाई बजारमा अनुगमन गरेर मापदण्डविपरीत उत्पादन भएको भेटिएमा कारबाही गर्ने गरेको महानिर्देशक पुडासैनीले बताए ।
सम्बन्धित समाचार
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ बुधबारेकी १३ वर्षीया अंशु गौतम घरबाट खे ...

धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो

बराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ स्थित गौरीखोला नजिकको धरान–चतरा पक्की ...

आईजीपी कार्कीका अवसर र चुनौतीहरू

नेपाल प्रहरीको ३३औँ आइजिपीका रुपमा दानबहादुर कार्कीको नियुक्तिले प्रहरी सङ् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो
आईजीपी कार्कीका अवसर र चुनौतीहरू
आजको राशिफलः २०८२ साल कात्तिक २६ गते बुधबार
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
एजेन्टकै मिलेमतोमा साढे ६ लाख राजस्व छली
कुटपिटबाट मृत्युपछि सञ्चालकसहित नौ पक्राउ
इटहरीमा ‘नामी भिगो’ कार सार्वजनिक
कटहरी रेलमार्गमा नयाँ आशा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved