काठमाडौं/ एनसेल प्राइभेट लिमिटेडले ‘एनसेल फर बिजनेस’ सेवाको शुभारम्भ गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले ‘एनसेल फर बिजनेस’ को लोगो अनावरण गरे । उनले डिजिटल विश्वले विकासका लागि उत्प्रेरकका रूपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरहरूको सिर्जना, उत्पादकत्वमा वृद्धि गरेको बताए ।
नवीन सेवा तथा व्यवसायहरूलाई बढावा दिँदै व्यवसाय कसरी चुस्त बन्दछ भन्ने बारे पनि उनले प्रकाश पारे । उनले एनसेल ब्राण्डको सार ‘आज, भोलि, सधैँ सँगै’ को बारेमा पनि पाहुनाहरूलाई जानकारी गराए । एनसेल फर बिजनेस (एनफोरबी) विश्वस्तरीय सेवाहरू प्रदान गर्ने र उच्तस्तरको कनेक्टिभिटी र डिजिटलाइजेसनको लाभ लिन अवसर प्रदान गर्ने उनले बताए ।
एनसेलले इन्टरनेशनल प्राइभेट लिज्ड सर्भिस (आईपिएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डिएलसी)/भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन), ब्रोडव्याण्ड इण्टरनेट, ब्याण्डविथ अन डिमाण्ड, वेव एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइण्ड, वाइड एरिया नेटवर्किङ्ग (एसडि वान) र इथरनेट भर्चुअल प्राइभेट नेटवर्क (इभिपिएन) जस्ता सेवाहरू उपलब्ध छन् ।
एनसेलले ल्याएका नयाँ सेवाहरूले मुलतः भ्वाइस सेवामा मोबिलिटी, डेटा, एसएमएस, डेटा सेन्टर सोलुसन्स्, म्यानेज्ड सर्भिसका लागि फिक्स्ड कनेक्टिभिटी, सञ्चार सेवालाई सजिलो बनाउन इन्टरनेट अफ थिङ्स (आइओटी) र व्यवसायको उत्पादकत्व बढाउनमा केन्द्रित रहेको छ ।