इटहरी/ उद्योग बाणिज्य सङ्घमा कांग्रेस निकट व्यवसायी भिम पौडेल विजयी भएका छन् । सोमबार सम्पन्न मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्दी शैलेसले १७७८ मत पाए ।

आफ्ना प्रतिस्पर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य सङ्घमा विजयीभएका पौडेल समूहतर्फ विष्णुप्रसाद रिजाल २५०४, अनिल सुब्बा(काका) २४९७, जीवन पराजुली २४६३ पाएर विजयी भए ।

त्यस्तै पीताम्बर पोखरेल २२९६, नवराजकाफ्ले २२६०, खगेन्द्र बिमली २२४८, रामकुमार श्रेष्ठ २१४६, रामहृदय राय १८४२, अशोक अग्रवाल १८०७ मत प्राप्त गरी बिजयी भएका हुन् ।

बिष्ट समूहकाकमलपौडेल – १७४६, टंकप्रसाद खनाल – १६८९, देवराजमादेन – १६६९, माधवन्यौपाने– १५२१, फडिन्द्र मगर – १५१५, लक्ष्मीधिताल १५०३, रितेश श्रेष्ठ – १४०६, भोलाप्रसाद निरौला – १३७२, राजेश खनाल – १३४४ मत प्राप्त गरे ।

उद्योगतर्फ पनि भिम पौडेल समूहको प्यानल नै बिजयी भएको छ । पौडेल समूहतर्फ दिवश पोखरेलले ३५७ मुक्ती दाहाल – २९९, बिष्णु नारायण डागीँ– ३०५, लक्ष्मण हुमागाइ – ३०५ मतप्राप्त गरी बिजयी भएका हुन् । उनीहरुका प्रतिद्धन्दी विष्ट समूहका राजेन्द्र केसरी घिमिरे – २५५, राजन भेटबाल – २३२, बज्र लिम्बु – २२४, किशन खेडिया – १९३ मत प्राप्त गरे ।

महिला सदस्यतर्फ पौडेल समुहका गायत्री भण्डारीले २७२२, पौडेल समुहकै शोभा कोईरालाले २६१९ मत ल्यायर विजयी भए । विष्ट समुहका रञ्जु सिग्देलले १९९३ र पुनम थापा मगरले १६३३ ल्याएर पराजित भए ।

बस्तुगत तर्फ बलराम भण्डारीको ९ मत लिएर विजयी भएका छन् । विष्ट समुहका उमानाथ दाहाल र पौडेल समुहका महेन्द्र रेग्मीको ८/८ आए पछि बराबरी भएको भने सुरेश कार्कीको ७ मत ल्याएका छन् ।