बिर्तामोड / बिर्तामोडको निर्माणाधिन भद्रपुर रोडमा ब्यापारीहरुको एक समुहले धान रोपेर बिरोध जनाएका छन् । सडक समयमा बनाएर समस्या समाधान नगर।ेको भन्दैं उनीहरुले विरोध स्वरुप सडककै धान रोपेका हु्न ।
असार १५ को अवसरमा स्थानीय किराना पसल सञ्चालक सन्तोष अग्रवालको अगुवाइमा भएको रोपाईँ कार्यक्रममा लगभग २ दर्जन ब्यापारीले सहयोग गरेका थिए । उनीहरुले धानको बिउ ल्याएर निर्माणाधिन सडकमा रोपेका थिए ।
निर्माणाधिन चार लेनको सडक विगत लामो समयदेखि हिँडिनसक्नु भएकाले सरकारको कामलाई व्यंग्य गर्दै सडकमा धान रोपिएको भद्रपुर रोडमा पसल गर्दै आएको अग्रवालले बताए । सडकमा धान रोपेपछि उनीहरुले दही चिउरा पनि सडकमै बसेर खाएका थिए । सडक निर्माणको समय आगामी पुस मसान्तसम्म रहेको छ ।