Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • डाेल्पाका जनप्रतिनिधि यार्सा टिप्न व्यस्थः ८ स्थानीय तहकाे बजेट आएन

डाेल्पाका जनप्रतिनिधि यार्सा टिप्न व्यस्थः ८ स्थानीय तहकाे बजेट आएन

alt
  • असार १४, २०७६
  • रासस
 
डोल्पा / डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको छ । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन गर्न गएका कारण बजेट सार्वजानिक हुन सकेको छैन् ।
अधिकांश समय काठमाडौँमा बिताएर चैतमा मात्र डोल्पा पुगेका जनप्रतिनिधि अहिले यार्सागुम्बाको सिजन शुरु भएपछि जेठ महीनादेखि पाटनमै रहेका पाइएका छन् । जनप्रतिनिधि पाटनमा भएपछि स्थानीय तहको बजेट सार्वजनिक हुन सकेको छैन् । जनप्रतिनिधि यार्सा टिप्न पाटन र गाउँपालिकाका प्रशासकीय अधिकृत, लेखापाल सदरमुकाम बस्दा समस्या भएको नागरिक अगुवा शेरबहादुर बुढाले बताए ।
पटक/पटक समयमै बजेट ल्याउन अनुरोध गरिएको र यार्सागुम्बा सङ्कलनका लागि व्यवस्थापन राम्रो बनाइदिन आग्रह गरे पनि त्यो सुनुवाइ नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए । पाँच स्थानीय तहले यार्सा सङ्कलनलगायत विभिन्न कारण देखाइ बजेट सार्वजनिक गर्न नसकेको जनाएका नेपाल पत्रकार महासङघ डोल्पाका पूर्व अध्यक्ष विष्णुलाल बुढाले बताए । आन्तरिक तयारी भए पनि बजेट सार्वजनिक हुन केही समय लाग्ने छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए । छार्काताङसोङ, डोल्पोबुद्ध, काइके र शे–फोक्सुण्डो गाउँपालिकाका तथा ठूलिभेरी नगरपालिकामा बजेट सार्वजनिक हुन सकेको छैन् । उपल्लो डोल्पामा बैंक नहुँदा अहिले लेखापाल र प्रशासकीय अधिकृत दुनैमा बसेर उपल्लो डोल्पाको विकास निर्माण भएको भन्दै भुक्तानी दिइरहेका छन् । जनप्रतिनिधि यार्सागुम्बा पाटनबाट फर्कने क्रम जारी रहेको छ । अधिकांश समय सदरमुकाम धाउनुपर्ने र माथिल्लो डोल्पामा जनता नै नभेटिने कारणले गर्दा समस्या भएको अध्यक्ष गुरुङले बताए ।
यही असार २५ गतेसम्म बजेट सार्वजानिक गर्ने सम्भावना रहेको बताइएको छ । अहिले यार्सा सिजन केही समयपछि चीनमा व्यापार, चिसोमा तल्लो भेगमा झर्ने समस्याले गर्दा काम गर्न कठिनाई भएको डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनचन्द्र धरालाले बताए । अब तीन दिनभित्र कामको भुक्तानी गर्नुपर्ने भएकाले अध्यक्ष लगायतको टोली दुनै आइपुग्ने उनले बताए ।
सम्बन्धित समाचार
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ

भद्रपुर । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको ५४ थान गोलीसहित दुईजना ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरा ...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
द्वन्द्वपीडित भन्छन्–“नकोट्याउनुस् हाम्रो घाउ”
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो
आईजीपी कार्कीका अवसर र चुनौतीहरू
आजको राशिफलः २०८२ साल कात्तिक २६ गते बुधबार
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved