धरान / धरान उपमहानगरपालिकाले धरानको दीर्घकालिन विकासका लागि नीति तथा कार्यक्रमसहितको बजेटबारे शुक्रबार जानकारी गराएको छ ।
कार्यबहाक प्रमुख मञ्जु भण्डारीले धरानको गहना र गौरवको रुपमा रहेको सभागृहको स्तरोन्नती, थियटर हल निर्माण, कोकाहा खोला कृतिम ताल, होम स्टे प्रर्वद्धनदेखि खेलकुद ग्राम निर्माण, शैक्षिक केन्द्र, आदीवासी जनजाती उत्थान, धरान टेलिभिजनसम्मका कार्यक्रमहरु तय गरेको जानकारी दिइन ।
कार्यवहाक प्रमुख भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरि धरानमा संचालनमा आउने योजनाहरु ६० वटा बुदाँमा समेटेर सार्वजनिक गरेकी थिइन ।
आर्थिक बर्ष २०७६÷२०७७ मा धरानको मुख्य बजारलाई ४ लेनको सडक विस्तार गर्ने, कोशी राजमार्गलाई वाईपास गर्ने, सर्दु जलधार क्षेत्रमा मानव प्रवेशलाई रोक लगाई खानेपानीको मुहान संरक्षण गर्नेजस्ता कार्यक्रमहरु बजेटमा समेटिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
उपमहानगरले सम्पति करमा १२ देखि १५ प्रतिशतसम्म कर वृद्धि गरेको समेत जानकारी गराइएको थियो । जग्गा मुल्याङ्कन तथा घर मुल्याङ्कनमा १५ प्रतिशत कर वृद्धि गरेको छ ।

यस्तो छ नीति तथा कार्यक्रम र बजेटको सार

115 copy

234 3 1260 2 2 1 copy