उदयपुर । उदयपुरमा सरुवा भई आएका नयाँ प्रमुख जिल्ला अधिकारी ध्र्रुवबहादुर खड्काले जिल्लाका पत्रकारहरूसँग परिचय तथा भेटघाट कार्यक्रम गरेका छन् ।
कार्यक्रममा जिल्लाको शान्ति, सुव्यवस्था र विकास निर्माणको कामलाई अगाडि बढाउन पत्रकारिता क्षेत्रको ठूलो भूमिका रहने उनले बताए । प्रजिअको कार्यकक्षमै भएको कार्यक्रममा जिल्लाको शान्ति सुव्यवस्था र विकासको काम अगाडि बढाउने कुरामा प्रतिबद्ध रहेको प्रजिअ खड्काले बताए भने पत्रकारहरूलाई सहयोगको आग्रहसमेत गरे । नयाँ आएको अवस्थामा समाज र परिवेशलाई राम्ररी अध्ययन गरी बुझेको वर्ग पत्रकारसँग सल्लाह, सुझाव लिन आवश्यक ठानेकाले कार्यक्रम राखिएको उनले बताए ।
विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरू कार्यक्रममा सहभागी भएका थिए । पत्रकारहरूले प्रजिअलाई जिल्लाको समग्र अवस्थाका बारेमा जानकारी दिँदै सल्लाह, सुझावसमेत दिएका थिए ।
खासगरी उनीहरूले जिल्लाबासीको हितमा प्रभावकारी काम गर्न र सञ्चारमैत्री बन्न सुझाएका थिए । उनीहरूले जिल्लामा लागूऔषध दुव्र्यसन ठूलो समस्याका रूपमा रहेको सुझाएका थिए । त्यस्तै प्राकृतिक स्रोत साधन दोहनलाई रोक्न सक्नुपर्ने, वन क्षेत्रमा विशेष निगरानी बढाउनुपर्ने सुझाएका थिए ।
भन्सार छलीका सामान अत्यधिक भित्रने तर ठोस कारबाही नहुने अवस्था औल्याउँदै विभिन्न आवरणमा बिचौलिया (दलाल) हरूको बिगबिगीलाई रोक्न आग्रह गरेका थिए । प्रायः नयाँ प्रजिअ आएसँगै परिचयात्मक कार्यक्रम गर्ने पुरानो चलनकै रूपमा रहेको छ । साता दिन अघि कार्यालय हाजिर भएका प्रजिअ खड्काले शुरुको अवस्थामा जिल्लाको बारेमा बुझेर जनमैत्री कदम अघि बढाउने बताएका छन् । समाजका खराब कुरालाई रोक्न पत्रकारिता जगत्को साथ र सहयोग आवश्यक रहेको उनले दोहो¥याए ।