विराटनगर/ मोरङका बिभिन्न स्थानमा बम फेला परेको छ ।

बुढीगांगा गाउँपालिका १ शिवम पेट्रोल पम्प अगाडी कुकर बम फेला परेको हो । त्यस्तै सुन्दरहैरचा नगरपालिका स्थित गछियामा पनि शंकास्पद बस्तु फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

बुढीगंगामा सोमबार बिहान झोला भित्र कुकर वम देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरीको टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको विशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पूर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम भेटिएको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त बम फेला परेको हो । बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेको छ । रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको हो ।

उक्त कुकरभित्र बिस्फोटक पदार्थ भए नभएको यकिन हुन सकेको छैन । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानमा पुगिसकेको जनाइएको छ ।