वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाको नमूना सामुदायिक विद्यालय आदर्श माविले किरात राई भाषाको कक्षा सञ्चालन गर्ने भएको छ ।

विहिवार चतरामा सम्पन्न प्रकृति पुजक किरात राईहरुको साकेला उभौली कार्यक्रममा आदर्श माविका प्राचार्य प्रह्लाद भट्टराईले बताएका हुन् ।

प्राचार्य भट्टराईले पवित्र किरात भुमिमा वराहक्षेत्रमा, विद्यालयले राई भाषाको प्राथमिक स्तरको कक्षा सञ्चालन गरिन लागेको बताउदैं पाठ्य सामाग्रीको तयारी भईरहेको जानकारी दिए ।
आगामी दिनमा मैथिलीलगायत अन्य नेपाली भाषाको संरक्षण गर्न कक्षा सञ्चालन गर्ने सोच बनाएको भन्दै प्राचार्य भट्टराईले राई भाषाको शिक्षक नभटिएको हुदा कक्षा सञ्चालनमा ढिलो भएको बताए ।

राईहरुको करिव २९ वटा भाषाहरु रहेको छन् । वराहक्षेत्र नगरपालिकाको १ र २ मा सबैभन्दा बढि ७५ प्रतिशत राईहरुको बान्तवा भाषाको बाहुल्यता रहेको छ ।

किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति वराहक्षेत्र १ र २ को संयुक्त आयोजनामा भएको कार्यक्रमको कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खा सुनसरी जिल्ला उपाध्यक्ष हिन्दुहाङ्ग राई रहेका थिए ।