Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /राष्ट्रिय
राष्ट्रिय

भू उपग्रह प्रक्षेपण हुने

ब ब्लाष्ट खबर वैशाख ३, २०७६ ३ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
भू उपग्रह प्रक्षेपण हुने
 
सुभानु आचार्य
ललितपुर/नेपालकोे पहिलो पटक अप्रिल १७ अर्थात् यही वैशाख ५ गते बिहान दुई बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ ।
 
जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहनुभएका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहनुभएका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अघि बढ्न लागेको हो ।
 
‘बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गर्न लागेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । नेपाली भूउपग्रहको नाम ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ राखिएको छ ।
 
ढकालले भने, “भूउपग्रहले देशका विभिन्न स्थानका तस्वीर सङ्कलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।” नाशाको बेवसाइटअनुसार अमेरिकाको पूर्वी समयअनुसार उक्त भूउपग्रह प्रक्षेपण हुन लागेको हो । सरकारलाई पर्ने राष्ट्रिय भार कम गराउँदै भूउपग्रह प्रक्षेपणमा नेपालका तर्फबाट कोही जापान प्रस्थान नगर्ने भएको बताइएको छ ।
 
“भूउपग्रह अन्तरिक्षमा पठाइसकेपछि यसले उचित स्थान लिएको दिन नेपालका केही पदाधिकारी जापान जाने कुरा अघि बढेको छ”, ढकालले थपे, यो भूउपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेशनल स्पेस स्टेशनमा रहने छ । ” नेपालीस्याट– १ नामक उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अङ्कित हुने छ । नाष्टले भूउपग्रहको सूचना लिनाका लागि आफ्नै कार्यालयमा ग्राउण्ड स्टेशन निर्माण गर्ने तयारी अघि बढेको छ ।
 
उक्त स्टेशन निर्माणका लागि हाल २१ दिने सूचनासहितको बोलपत्र आह्वान गरिएको नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिए । “तीन चार इच्छुक पार्टीले टेण्डरको पत्र लगिसकेका छन्”, पाण्डेले भने, “ग्राउण्ड स्टेशनमा भूउपग्रहले पठाएको तथ्याङ्कहरुको विश्लेषण र सङ्कलन हुने गर्छ ।” नाष्टमा पहिले लामो समय उपकुलपति नियुक्त नहुँदा ग्राउण्ड स्टेशन निर्माणका लागि व्यवस्थापकीय समस्या परेको हो । विगतमा उपकुलपति र हाल सचिवको पद रिक्त रहँदा केही समस्या हुन्छ कि भन्ने महसुस गरिएको छ ।
 
जाक्साले नाष्टलाई ९५ प्रतिशत सम्भावना भएको प्रविधिका साथै १०० प्रतिशत क्षमता भएको अर्बिटमा छाड्ने दर उपलब्ध गराइसकेको छ । ग्राउण्ड स्टेशनको एण्टिनाको दिशाले समस्या नपारेमा भूउपग्रहबाट छिट्टै जानकारी पाउन सकिने बताइएको छ । मास्के र श्रेष्ठको भूमिका नाष्टले भूउपग्रह प्रक्षेपण गरिसकेपछि मास्के र श्रेष्ठ जापानमा रहँदासम्म दैनिक त्यहाँको जानकारी सहकार्र्य गरेर अघि बढ्नेछन् । उनीहरु हाल ‘बर्ड–४’ परियोजनाअन्तर्गत फिलिपिन्स, पनामा र जापानको भूउपग्रह निर्माणमा जुटेका छन् ।
 
नाष्टका श्रेष्ठ एक वर्षको अध्ययन समाप्त गरेर नेपाल फर्कने छन् भने क्यूटेक विश्वविद्यालयको सदस्यका रुपमा रहेका मास्केका लागि नाष्टले कार्यालयमा प्रयोगशाला निर्माण गरेर काम गराउने योजना अघि बढाएको छ । नाष्टले जाक्साको सहयोगमा नेपाललाई कसरी सहयोग गर्न सक्छ भनी एउटा भिडियो अभियान चलाइने योजना बताएको छ । नाष्टले आउँदा दिनमा सो कार्यक्रमलाई निरन्तरता दिने त्यहाँका एक कर्मचारीले बताउँछन् । नाष्टले भूउपग्रहबाट सङ्कलन गरेको तस्वीर उच्च क्षमताको हुने छैन ।
 
शहरी पूर्वाधार निर्माण र नापी विभागका लागि पनि उक्त तस्वीर काम लाग्दैन । अमेरिकाको अन्तरिक्षमा उडाई जापानबाट प्रक्षेपण गरिने उक्त कार्यक्रम अन्तरराष्ट्रिय सहकार्यको एउटा नमूना बन्ने भएको विज्ञ बताउँछन् । यसले नेपाली प्राविधिकको आत्मगौरव बढाउनाका साथै उनीहरुमा उत्साह थप्ने छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोलेको कुरा उद्धृत गर्दै नाष्टका प्रमुख व्यक्तिहरुले भने, “नेपालले अबको तीन वर्षमा मेगा स्याटलाइट उडाउने छ ।”
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण
कार्तिक ३, २०८३
एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
कार्तिक ३, २०८३
सप्तकोशीमा बेपत्ता युवक मृत भेटिए
कार्तिक ३, २०८३
छापा संस्करण [ePaper]
  1. एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण
    कार्तिक ३, २०८३
  2. एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
    कार्तिक ३, २०८३
  3. सप्तकोशीमा बेपत्ता युवक मृत भेटिए
    कार्तिक ३, २०८३
  4. श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
    कार्तिक ३, २०८३
  5. दसैँले गाउँबस्तीमा बढायो रौनक
    कार्तिक ३, २०८३
  6. सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
    कार्तिक २, २०८३
  7. नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
    कार्तिक २, २०८३
  8. सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
    कार्तिक २, २०८३
  9. `कोशीका कथाहरू’ वेब सिरिजमा बाढी र विस्थापनको पीडा
    कार्तिक २, २०८३
  10. भारतमा ट्रक दुर्घटनामा १२ जनाको मृत्यु
    कार्तिक २, २०८३
  11. सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता
    कार्तिक २, २०८३
  12. भारतमा युवा आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सीडीपी नेपालको माग
    कार्तिक २, २०८३
  13. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  14. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  15. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड