श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र २१ गते बिहीबार, ४ अप्रिल २०१९ । चैत्र कृष्णपक्षको चतुर्दशी तिथि १२ः४२ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र उत्तरभाद्रपदा २३ः२८ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ५ः५६ र सूर्यास्त ६ः२१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढेर जानेछ । सन्तानपक्ष सामान्य छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्यसिद्धिको योग देखिन्छ । आफ्ना दैनिक कामहरू सम्पन्न होलान् । सामाजिक तथा पारिवारिक दायित्व बोध हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य व्यवसायमा राम्रै लाभ हुनेछ । लामो दूरीको यात्रा होला । परिवारस“ग बिछोडिनु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्यखालको समय आएको छ ।काममा बिनासित्तिमा अपजस खप्नुपर्ला । अप्रत्यासित खबरले मन खिन्न रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार–व्यवसायमा राम्रै आम्दानी हुनेछ । सामाजिक इज्जतमा आ“च आउला । सन्तान पक्षमा भने प्रगति हुने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शारीरिक आलश्यता बढेर जाला । दैनिक जीवनका कार्यहरू असहज बन्लान् । पति–पत्नीबीच सम्बन्ध सुध्रिएर जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ताकेका/आँटेका कार्यहरू सहजै समाप्त होलान् । घरमा शुभकार्यको चर्चा चल्नेछ । पति–पत्नीको सम्बन्ध सुधे्रला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक मान, प्रतिष्ठामा आँच आउला । सन्तानपक्षबाट सन्तोषजनक प्रतिफल प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घा“टीसम्बन्धी समस्याले सताउला । शारीरिक आलश्यता बढेर जानेछ । आजको दिन सामान्य देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । एउटै काममा दोहोरो लाभ हुने देखिन्छ । आजको दिन उत्तम छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राजनीतिमा सफलता प्राप्त होला । मन भावुक र उत्ताउलो हुनेछ । जोस, जा“गर र साहस प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अनुहारमा कान्ति तथा मनमा शान्ति छाउनेछ । मित्रजनको सहयोग प्राप्त होला । नया“ कार्य योजना बन्ने देखिन्छ ।