हाच्छिउँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्छ।

हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ।

हाच्छिउँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुनस्फुर्ति ल्याँउछ।

धुवा, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्छ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।

नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ।

हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।

हाच्छिउँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।