धरान / मनोचिकित्सक संघको सातौं सम्मेलन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ । सन् १९९८ मा पहिलो सम्मेलन धरानले गर्न पाएको थियो । दुई दशक पछि ७ औं सम्मेलन धरानमा विहीबार र शुक्रबार हुन लागेको सम्मेलन आयोजक समितिका अध्यक्ष प्राडा बैकुण्ठराज अधिकारीले जानकारी दिए ।
जनसंख्याको झण्डै एक चौथाईमा कुन न कुनै मानसिक समस्या भोगीरहेको समाजलाई जनचेतना जगाउने र मनोचिकित्सा क्षेत्रमा नयाँ आयमको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनको नारा ‘बद्लिदो विश्व परिबेशमा मनोचिकित्साका विविध आयाम’ भन्ने तय गरिएको छ ।
सम्मेलन अवधि भरमा मानसिक स्वास्थ्य चुनौती र मानसिक समस्यालाई बदलिँदो परिस्थितिसँगै निकालिने उचित उपाय, लागुपदार्थ, संगीत र मानसिक स्वास्थ्यबारे छलफल गरिने मानसिक रोग विशेषज्ञ डा. धनरत्न शाक्यले जानकारी दिए ।
कार्यक्रममा विश्वका उत्कृष्ट १५० मनोरोग विशेषज्ञहरुको सहभागीता रहने कार्यक्रममा अस्टे«लियाका मनोरोग विशेषज्ञ प्राडा महन आइज्याकको मुख्य प्रस्तुती रहने छ । यस्तै भारतबाट प्राडा टिएस रावल, प्राडा डा. अजय, डा. सुधिरकुमार खण्डेउला नेपालकै बरिष्ठ मनोचिकित्सा विद डा देषराजबहादुर कुवरलगायतको बद्लिदो परिबेशमा मनोचिकित्सा परामर्शबारे विशेष प्रस्तुती रहने आयोजकले बताएको छ । यहाँ मनोचिकित्साबारे सूचना आदन प्रदान हुन्छ र भविष्यमा कसरी उपचार पद्धती अपनाउने भन्ने बारे वृहत छलफल हुन्छ ।’–प्राडा अधिकारीले भने । कार्यक्रमको उद्घाटन प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने कार्यक्रम रहेको छ ।