१. पटक–पटक तर थोरै पिसाब लागिरहनु ।
२. पिसाब धमिलो हुनु ।
३. रिङ्गटा लाग्नु ।
४. लगातार वाक्वाकी आउनु ।
५. झाडापखाला लागिरहनु ।
६. भोक लाग्दै नलाग्नु वा बढी भोक लाग्नु ।
७. छाला चिलाउनु ।
८. हात–खुट्टा सुन्निनु ।
मिर्गौला बिग्रिनुका कारणहरूः
१. मधुमेह रोग लाग्नु ।
२. उच्च रक्तचाप हुनु ।
३. धेरै गर्मीमा काम गर्नु ।
४. पर्याप्त मात्रामा पानी नपिउनु ।
मिर्गौला स्वस्थ राख्ने उपायहरूः
१. आफूलाई सक्रिय र तन्दुरुस्त राख्ने ।
२. स्वस्थकर खाना खाने ।
३. धूमपान र मदिरापान नगर्ने ।
४. रक्तचाप उच्च हुन नदिने ।
५. दैनिक रूपमा शारीरिक व्यायाम गर्ने ।
६. दैनिक दुईदेखि तीन लिटर पानी पिउने ।
७. प्रोटिनयुक्त खाना कम खाने ।
८. चिकित्सकको सल्लाहबमोजिम मात्र औषधि सेवन गर्ने ।