सिरहा/ दुर्घटना न्यूनीकरणका लागि मिर्चैया टूाफिक प्रहरी पोष्टले सडकमै चालकको आँखा परीक्षण गरेको छ । केही समययता विभिन्न रचनात्मक काम गर्दै आएको कार्यालयले चालकको लापरबाहीका कारण हुने दुर्घटना रोक्न सडकमै सवारी रोकेर आँखा परीक्षण गरेको हो ।

जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ५मा रहेको मिर्चैया ट्राफिक प्रहरी पोष्टले पूर्व पश्चिम लोक मार्गमा प्राथमिक स्वास्थ्थ केन्द्रको मेकानिकल टिमले चालकको आँखा परीक्षण गरेका थिए । परीक्षणका क्रममा थुप्रै चालकको आँखामा समस्या देखिएपछि औषधि उलपब्ध गराएको र थप उपचारका लागि अस्पताल जान सुझाएको मिर्चैया टूाफिक प्रहरी पोष्टका प्रहरी नायब निरिक्षक बिकु नारायण काशिछवाले बताए ।

बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएपछि मिर्चैया ट्राफिक प्रहरी पोष्टले आफ्नो मातहतका क्षेत्रमा सवारी जाँचसँगै चालकको स्वास्थ्य परीक्षण गरेको हो ।

प्रहरी नायब निरिक्षक बिकु नारायण काशिछवाले चालकले आफ्नो स्वास्थ्यतर्फ ध्यान नदिने गरेको र बिहानदेखि रातीसम्म सवारी चलाउँदा दुर्घटना हुने सम्भावना भएकाले अभियान सुरु गरेको बताए । आँखा परीक्षणँंगै ट्राफिक प्रहरीले सवारीको अवस्थाको बारेमा समेत जाँच गरेको थियो ।

उक्त क्रममा जम्मा ६५ जना चालकको आाँखा जाँच गरिरएको मिर्चैया ट्राफिक प्रहरी पोष्टका प्रहरी नायब निरिक्षक बिकु नारायण काशिछवाले बताए । जसमा ६ जनामा प्रेसर हाई भएको, ४ जनामा ब्लाइन्डनेस भएको पाईएको उनले बताए ।