विराटनगर/ विराटनगरमा १ नम्बर प्रदेश स्तरीय चित्रकला प्रर्दशनी हुने भएको छ ।  ललित कला सङ्गठनको आयोजना र लयान्स क्बल अफ विराटनगर योङ्ग हटको सहयोगमा माघ २६ र २७ गते विराटनगरस्थित नमस्कार होटलमा चित्रकला हुने बुधबार पत्रकार सम्मेलन गरी जनाइयो ।

प्रर्दशनीमा १४ जिल्लाका ४४ जना कलाकारहरूले तयार पारिएको चित्रहरू प्रर्दशनीमा राखिने भएको छ । ‘कलाको सम्मान र उनीहरूको प्रतिभा उजागर गर्न प्रदर्शन स्त रीय चित्रकला आयोजना गर्न लागेका हौं’ ललित कला सङ्गठन विराटनगरकी अध्यक्ष अनुराधा थापाले भनिन्, ‘यसको तयारीमा हामी जुटेका छौँ ।

सबैको साथ सहयोगले भव्य र सभ्य गर्नेछौं ।’ उनका अनुसार माघ २६ गते प्रदेशभरीका कलाकारहरूको विराटनगरमा उपस्थित भएर विचार विमर्श गर्नेछन् ।
चित्रकलका प्रर्दशन हुने बारे जानकारी दिदै आयोजक ।