उदयपुर/ विश्वभर भव्यताका साथ मनाईरहेको क्यान्सर दिवस उदयपुरमा पनि भव्य रुपमा मनाएको छ । सदरमुकाम गाईघाटका पिपल चोक देखि बजार एरिया र्यालि प्रदर्शन गरि विश्व क्यान्सर दिवस सोमबार मनाएको हो ।
नेपाल अर्वुद रोग निवारण सस्था उदयपुर शाखाको आयोजनामा एचआरटिसी उदयपुरको सह आयोजक र स्वास्थ्य कार्यालय उदयपुर, त्रियुगा नगरपालिका, मार्डन ईन्सिच्युट अफ हेल्थ साईन्सको समन्वयनमा एक कार्यक्रमको साथ र्यालि प्रदर्शन भएको थियो ।
क्यान्सर भन्ने वितिकै निको नहुने रोग अर्थात जनमानसमा बसेको एक किसिमको छापलाई हटाउनको निम्ति तथा जनचेतनाको लागि उक्त ¥यालि तथा कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
र्यालिमा विश्व क्यान्सर दिवस सफल पारौँ, स्वास्थ्य पर्दाथ सेवन गरौँ भन्ने नाराको लगाउदै बजार परिक्रमा गरेको आयोजक नेपाल अर्बुद रोग निवारण सस्था उदयपुर शाखा प्रमुख लेख बहादुर श्रेष्ठले बताए ।
क्यान्सर धेरै प्रकारको हुने भएकाले समयमै उपचार गराउँदा निको हुन्छ । तर जनमानसमा क्यान्सर भन्ने वितिकै निको नहुने रोग भन्ने एककिसिमको छाप बसेको कारण जनचेतना फैलाउन जरुरी रहेको श्रेष्ठले बताए । जुनै रोगको पनि समयमै डक्टरलाई देखाई चेकजाँच गरि औषधी उपचार गराउने हो भने निको हुन्छ ।
जनचेतनाको कमीले रोगलाई पालेर बस्ने अनि क्यान्सर भन्यो भने कहिले निको नहुने रोग लागेछ भन्ने मानसपटलमा परेको छाप हटाउन जरुरी रहेको श्रेष्ठले बताए । एचआईभी जस्ता रोगको त औषधी उपचार आईसक्यो भने क्यान्सर लाग्ने वितिकै उपचार गराएमा निको हुने श्रेष्ठले बताए ।
आफ्नो स्वास्थ्यको ख्याल नगर्ने हो भने क्यान्सर मात्रै होईन जुन सुकै रोगले पनि ज्यान जान सक्छ । पहिले त स्वास्थ्य तथा ताजा खाने कुरा खानु प¥यो । र सरसफाईमा पनि ध्यान्दिन जारुरी रहेका सहभागीहरुले जनाएका छन् ।