बिर्तामोड/ उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित आफन्तद्वारा झापाको बिर्तामोडको बिर्ता सिटी हस्पिटल तोडफोड भएको छ ।
डाक्टरको उपस्थिती बिनै हस्पिटलका नर्सले ऊपचार गर्ने भएर बच्चाको मृत्यु भएको पीडितको दाबी छ । सामान्य डायरिया भएर अस्पताल ल्याइएको भएपनि चरम लापरबाहीका कारण बच्चाको मृत्यु भएको आरोप लगाउदै तोडफोड भएको हो ।
विर्ता सिटी हस्पिटलमा उपचारका क्रममा मेचीनगर नगरपालिका-१४ का २ वर्षिय जेनित राजवंशीको गए राती मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि आक्रोशित आफन्तले हस्पिटल तोडफोड गरेका थिए ।
स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुभाष खड्काले जानकारी दिएका छन् ।