बेलबारी/ पर्यटकीय संभावना बोकेको मोरङका सामुदायिक वन तथा सिमसारका प्रतिनिधिहरुको भेलाले ‘मोरङ सिमसार प्रर्बद्धन तथा संरक्षण समिति’ गठन गरेको छ ।

मोरङका सिमसारहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित भेलाले बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षमा १९ सदस्यीय तर्दथ समिति गठन गरेको हो । वेतना सिमसार साम’दायिक वनको सभाकक्षको भएको भेलामा जिल्ला वन कार्यालयका प्रतिनिधि समेतको उपस्थिति थियो ।

समितिको उपाध्यक्षमा हसिना सिमसार सुन्दरहरैचाका कबिराज राई र मावा नुनसरी सामुदायिक वनका दिपेन्द्र थापा, सचिबमा शान्ति सामुदायिक बनका कुलबहादुर गुरुङ, सह सचिवमा ग्रामिण सुधार सामुदायिक बनका सुनिता तामाङ र कोषाध्यक्षमा अमना सिसोली बेलबारीका शर्मिला मगर चयन भएका छन् ।

त्यसबाहेक मोरङका विभिन्न पर्यटकीय स्थल तथा सम्भावना भएका क्षेत्रका प्रतिनिधिहरु सदस्यमा चयन भएका छन् ।

पर्यटकीय सम्भावनाको अध्ययन गरी ती क्षेत्रहरुको थप बिकास र सम्बद्र्धनमा काम गर्ने उद्धेश्यका साथ समिति गठन गरिएको अध्यक्ष बस्नेतले बताए । माघ १९ गते विश्व सिमसार दिवश सोही समितिले वेतनामा गर्ने अध्यक्ष बस्नेतले बताए ।