ताप्लेजुङ/ कञ्चनजंघा आधार शिविरमा पर्यटकहरुको भारी बोक्दै आएका भरिया(पर्यटन सहयोगि)हरु संगठित भएका छन् । फुङलिङ बजारमा आज सम्पन्न सहयोगिहरुको भेलाले नयाँ समिति गठन गरेको छ ।

नरबहादुर आङछङबोको अध्यक्षतामा १० सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा निमा शेर्पा, सचिव मनिकुमार अङछङबो, सहसचिवः जलन शेर्पा, कोषाध्यक्षः कुमार तामाङ, सदस्यहरु पेम्बा शेर्पा, सन्तोष शेर्पा, दावा शेर्पा, पासाङ शेर्पा, मोटे शेर्पा, प्रविन शेर्पा रहेका छन् ।

‘कञ्चनजंघा पर्यटन सहयोगि केन्द्र’ नामक संस्था केहि वर्ष अघिनै गठन भएपनि बिचमा निष्क्रिय रहेको थियो । कञ्चनजंघा संरषण क्षेत्र व्यवस्थापन परिषद् अन्तर्गतको समृद्ध पहाड परियोजनाले पर्यटन सहयोगिहरुलाई पुनः सक्रिय बनाएको हो ।सो अवसरमा पर्यटन सहयोगि आचार संहिता समेत बनाइएको छ ।

कञ्चनजंघा क्षेत्रमा पर्यटक, पर्यटन व्यवसायी र पर्यटन सहयोगीहरुको आधारभूत हक अधिकारको संरक्षण, संवद्र्धन अन्तर्राष्टिूय मूल्य-मान्यताका आधारमा पर्यटन सहयोगीहरुको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाई सर्बपक्षीय हितका लागि पर्यटन सहयोगीलाई लागू हुने गरी आचार संहिता जारि गरिएको समृद्ध पहाडका पर्यटन अधिृकत सुदिप श्रेष्ठले बताए ।