दमक/१ नम्बर प्रदेशका आन्तरिक मामीला तथा कानुन मन्त्री हिकमत कार्कीले झापाको दमकमा लगाइएको रबर खेतीको निरिक्षण गरेका छन् ।
दमक ३ स्थित मावा खोलाको किनारमा अन्तर सस्था कृषि उद्योगले लगाएको रवर खेतीको मन्त्रीलाई निरिक्षण गराइएको हो । निरिक्षण पछि मन्त्री कार्कीले झापालाई रबर जोन भनेर घोषणा भएकोले त्यसैका आधारमा यहाँ पनि सहयोग गर्ने बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत झापालाई रवर जोन घोषणा गरिएको र त्यस कार्यक्रममा आउने सहयोग यस क्षेत्रमा पनि दिलाउन आफुले पहल गर्ने मन्त्री कार्कीले बताए ।
साढे १२ बिगाह क्षेत्रफलमा लगाइएको १३ सय रबरका बिरुवा लगाइएको यहाँ ९ सय बिरुवाले उत्पादन दिन सुरु गरेको छ । हरेक दिन ८० देखी ८५ लिटर रबर उतपादन भै रहेको कम्पनीका सचिव नारायण भट्टराईले जानकारी दिए ।
उनका अनुसार यहाँ पीकनिकर स्थल समेत बनाइएको छ । जसका ८ वटा टहरा बनाइएको छ । कम्पनीका अनुसार ३ बिगाह क्षेत्रफलमा मछ्य पालनको तयारी समेत गरिएको छ । १३ वटा सहकारी र ५ जना व्यक्तिको सामुहिक लगानी रहेको यो क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा बिकास गरिने कम्पनीको लक्ष्य रहेको सचिव भट्टराईले बताए ।