सिरहा/ सिरहाको सिमावर्ती जयनगर जार्ने कमला पुलमा उखु किसानले धर्नामा बसेका छन । हिमालय सुगर मिलले आफूहरुको उखु खरिद नगरेको भन्दै कृषकहरुले बिचपुलमै धर्नामा बसेका छन् ।
सिरहाको सिमावर्ती जयनगर जाने कमला पुलमा उखु किसानहरुले ट्याकटरमा लोड गरिएको उखु सहित धर्नामा बसेका हुन् ।
सिरहाको चोहर्वामा रहेको हिमायन सुगर मिलले खरिद गर्ने भन्दै बीउ वितरण गर्दै खेती गर्न लगाएको तर अहिले सरकारी अडचनका कारण पछि हटेको भन्दै आन्दोलनमा उत्रेका छन् । यस अघि भारतीय उखु किसानको चेतावनीपछि एसडिएम शंकर शरण नेतृत्वको टोलीले सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितसँग समस्या समाधानको पहल गर्न आग्रह गरेका थिए ।
सार्वजनिक लेखा समितिले बाहिरबाट उखु खरिद गर्न रोक लगाएकोले भन्सारवाट आयात रोकिएको भन्सारले जनाएको छ । भारतीय कृषकहरुले कमला पुलमा वसेर धर्ना दिएपछि सिरहाबाट जयनगर जानेआउनेलाई सास्ती भएको छ ।