धरान / मदन भण्डारी राजमार्ग अनतर्गत धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौडा सडक आयोजनाको धरान सडक खण्डलाई बाइपास गरेर लानर्स पर्ने माग गर्दै धनकुटे रोडको स्थानीयहरुले आज धरान उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।
२०७३ सालमा नै धनकुटे रोड संयुक्त उपभोक्ता संघर्ष समिति गठन गरेका उनीहरुले प्ले कार्डसहित नाराबाजी गर्दै प्रभावित वडाबासीहरु उपमहानगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझाउनु अघि सयौंको संख्यामा उपस्थिति भएर कोणसभा गर्दै जनताको उठिबास लगाउने जनप्रतिनिधिहरु जिम्मेवार हुनु पर्ने बताएका थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडको प्रवेशलाई जिरो पोइन्ट मानिएको बैकल्पीक राजमार्गलाई बाइपास गरेर लैजानु पर्ने भन्दै धरान उपमहानगरपालिकासँग माग गदैं आएका थिए । उक्त सडक अन्तर्गत बन्दै गरेको सर्दु खोलाको पुल निर्माणको क्रममै उनीहरुले सडक वाइपास गरे मात्र पुन निर्माण गर्नु पर्ने सर्त राखेका थिए । पुल हाल निर्माणाधिन अवस्थामा छ ।
उक्त सडक सोही बाटो भएर जादा १४० फिट कायम हुने छ । यो मापदण्ड कायम गरे हजारौं घरबार विहिन हुने भन्दै प्रत्यक्ष असर पर्ने सो क्षेत्रका वासिन्दाले बाइपासका लागि दवाव दिन ज्ञापन पत्र बुझाएका हुन ।
हाल उक्त सडक ३० फिटको कायम छ । १४० फिट गर्दा सडक दाँयाबाँया बसोबास गर्ने हजारौ जनताहरु घरबारविहिन भएर सुकुम्बासी हुने संघर्ष समितिका संयोजक निनामचन्द्र राईले जानकारी दिए ।
संघर्ष समितिको दवावमा सडक डिभिजन, सडकको क्षेत्रीय निर्देशनालय, सडक विभाग हुदै भौतिक पूर्वाधार मन्त्रालयबाट बाइपासको लागि स्थलगत सर्वे तथा टिप्पणी आदेश २०७४ असोजमा भएको थियो । सो विषयमा सडक डिभिजनले बाइपास गर्न उचित छ कि छैन भनि धरान उपमहानगरपालिकालाई एक बर्ष अघि पत्र काटेर जवाफ पठाउन भनिए पनि उपमहानगरले जवाफ नपठाएको

road

 सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।
सडक डिभिजिन कार्यालय विराटनगरले स्थलगत अध्ययन गरि धरान तीनकुने गेट, मलाया रोड, श्रीजंगा रोड, रेडियो नेपाल, बीपी प्रतिष्ठान तल्लो गेट, सर्दु ५ नं. पुल हुदै चतरा जाने बाटो कायम गर्दा स्थानीयकबो धनजनको क्षति कम हुने मनासिम देखिएको भन्दै तत्कालिन डिई जीतेन्द्र चौधरीले २०७४ असोज ६ गते टिप्पणी आदेश उठाएको पाईएको छ । सो बारे उपमहानगरको धारणा समेत मागेको थियो ।
यता डिभिजन कार्यलयले पठाएको पत्र धरान उपहानगरपालिकामा नआएको उपमहानगरपालिकाका योजना शाखा प्रमुख सुरज श्रेष्ठ बताउछन् । ‘तत्कालिन मेयर तारा सुब्वालाई दिएको हुन सक्छ तर त्यो पत्र हामीले भेटेका छैनौ ।’–इन्जीनियर श्रेष्ठले भने ।
उनका अनुसार यस विषयममा सोमबार नै कार्यपालिकाको बैठक बसी उपमहानगरको मापदण्ड अनुसार धनकुटे रोड कायम गर्ने र स्थानीयको क्षतिलाई कम गर्न वाइपास गरेर सडक बनाउन मंगलबार सडक डिभिजन कार्यालय विराटनगर र मन्त्रालयलाई पत्र पठाइसकेको छ । धरान उपमहानगरको मापदण्ड भने ७२ फिटको रहेको छ । हालको सडक ३० देखि ३६ फिट मात्र रहेको छ ।