तेह्रथुम / जिल्ला अस्पताल तेह्रथुममा नेपाल सरकारले निशुल्क बितरण गर्ने औषधी बिक्री हुने गरेको खुलासा भएको छ ।
अस्पतालमा म्याङलुङ नगरपालिकाका मेयर सञ्जय कुमार तुम्बाहाङफेको पहलमा अस्पतालको फार्मेशीबाट बिक्री भएको नेपाल सरकारद्धारा बितरित निशुल्क औषधीको रकम फिर्ता गरिए पछि निशुल्क बितरण गर्नु पर्ने औषधी ब्रिक्री हुने गरेको खुलाशा भएको हो । निशुल्क बितरण गरिने औषधी बिक्री भएको गुनासो आए पछि नगरपालिकाका मेयर तुम्बाहाङफे र अस्पताल बिकास समितिका कार्यबाहक अध्यक्ष सुभभगत प्रधानाङगले अस्पताल प्रशासनमा पुगि निशुल्क औषधीको मुल्य फिर्ता गराएका हुन् । बिरामीहरुका लागि स्थानीय सरकार नगरपालिकाले खरिद गरेको औषधी बिक्री भए पछि नगरपालिका र अस्पताल बिकास समितिमा मौखिक उजुरी आए पछि अनुगमन गर्दा अस्पतालको फार्मेशीबाट केही त्रुटी भएको पाईएकोले रकम फिर्ता गरिएको नगरपालिकाका मेयर तुम्बाहाङफले बताए ।
अनुगमनको क्रममा अस्पताल बिकास समितिका पुर्ब अध्यक्ष तथा म्याङलुङ नगरपालिका मेयर तुम्बाहाङफे अस्पताललाई सुशासन र पार्दशी रुपमा जिल्लाकै नमुना अस्पतालको रुपमा स्थापना गर्ने सोचमा आफु अघी बढेको बताए । जिल्ला अस्पतालमा पछिल्लो समय बिभिन्न सुबिधा थप भए पनि नागरिकहरुले यसरी निशुल्क औषधीको मुल्य तिरेको भए आफु संग भएको बिल र औषधीको खोल लिएर अस्पताल बिकास समितीमा आए रकम फिर्ता गरिने अस्पताल बिकास समितिका कार्यवाहक अध्यक्ष प्रधानाङगले बताए । जिल्ला अस्पताल तेह्रथुमको सेवा सुधारका लागि नागरिकहरु पटक पटक अस्पताल प्रशासन संग अनुरोेध गरि रहेको बेला औषधी बिक्रीमा भएको घट्नाले थप सशङकीत भएका छन् ।