रङ्गेली/ बैकहरुले मनोमानि ढंगले व्याजदर बढाएको भन्दै मोरङ्गका उद्योगी व्यापारी आन्दोलीत हुने भएका छन् । बैकको बढ्दो व्याजदर,सिन्डिकेट लगायतको कारणले सरकारको उद्योग व्यवसाय धरासायी भएर बन्द हुने अवस्थामा पुगेको उनीहरुले गुनासो गरेका छन् ।

जसको कारण सरकारको ५ लाख युवालाई रोगारी दिने लक्ष्यमा नै असर पर्ने शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि बताएका छन् । उद्योगी संगठन मोरङ्ग,मोरङ्ग व्यपार संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै दुई बुदे माग सहितमाघ १८ गते सम्मको अल्टिमेटम दिएका छन् ।

उनीहरुले उत्पादन मुलक उद्योगहरुलाई प्रवाह भएको ऋणमा अधिकतम् ७ प्रतिशत र व्यवसायिक क्षेत्रमा ९ प्रतिशतमा नबढाई व्याजदर काय मगर्न माग गरेका छन् । त्यसैगरी बैकले प्रवाहगर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादन मूलक उद्योगहरुमा सरल तरिकाले लगानीगर्ने व्यवस्थागर्न माग गरेका छन् ।

पत्रकार सम्मेलन मार्फत ७ बुदे अन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । पहिलो दिनमाघ १३ गते जिल्ला प्रसासनमार्फत प्रधानमन्त्री,अर्थ मन्त्रि,उद्योग वाणीज्य तथाआपूर्ति मन्त्री,प्रदेश सरकार ,नेपालउद्योग वाणिज्य महासंघ लगायतलाई ज्ञापन पत्र बुझाउने भएका छन् । सोहि दिननेपाल राष्ट्र बैक विराटनगरमा ज्ञापन पत्र बुझाउने भएका छन् ।

माग सुनवाई नभए २० गतेबाट नेपाल राष्ट्र बैक विराटनगरमा धर्ना दिने भएका छन् । सो दिनसाढे ९ देखि ११ बजेसम्म धर्ना दिने । २१ गते साढे ९ देखि १२ बजेसम्म,२२ गते २ बजेसम्म, २३ गते ४ बजे सम्म धर्ना दिने कार्यक्रम तय गरेका छन् ।

यस अवधिमा पनि सुनवाइ नभए २४ गते सम्पुर्ण उद्योग व्यवसायको साचो जिल्ला प्रसासन मार्फत प्रधानमन्त्रीलाई साचो बुझाउने भएका छन् । २४ गतेबाट अनिश्चितकाल सम्मनेपाल राष्ट्र बैक विराटनगरको मुल गेटम धर्ना दिने उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताए ।

बैकहरु बसीबसी नाफा कमाउने उद्योगहरु दिनदिनै धरासायी बन्दै जाने अवस्था बनेको मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले बताए ।