धरान / डा.केसीको माग पूरा गर्न दबाब दिदै प्रतिष्ठानका चिकित्सकहरु मंगलबारबाट धर्नामा बसेका छन् । माथेमाको प्रतिवेदन अनुसार राष्ट्रिय चिकित्सा विधेयक हुवहु पास हुुुनुपर्ने माग राख्दै १३ दिन अगाडि १६ औ अनसन बसेका डा. केसीको समर्थनमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठितका जुनियर चिकित्सकहरु मंगलबारबाट प्रतिष्ठानका जिओपिडी अगाडी धर्ना बसेका हुन ।
डा. केसीले उठाएका जायज मागप्रति सरकार सम्वेदनशील नभई विगतमा गरेका सम्झौता समेत तुहाउन खोजेको भन्दै केसीले उठाएका जाहेज माग पूरा गर्न सरकार आनाकानी गरेको भन्दै प्रतिष्ठानका जुनियर रेजिमेन्ट वेलफेयर सोसाइटीले जिओपिडी अगाडी धर्ना शुरु गरेका हुन ।
चारदिन अगाडिदेखि केसीका धर्नाको समर्थन गर्दै माग पूरा गर्नुपर्ने भन्दै कालोपट्टी बाधेर आन्दोलन शुरु गरेका जुनियर चिकित्सकहरुले जिओपिडी अगाडी दैनिक तीन घण्टा धर्नामा बसेका हुन ।
स्वास्थ्य क्षेत्रका विकृति, विसंगति र शैक्षिक माफिकाका विरुद्ध सशक्त आन्दोलन गर्र्र्दै आउनु भएका केसीको जायज माग सरकारले पटक पटक सम्झौता गर्ने अनि उल्लंंघन गर्ने प्रवृत्तिको विरुद्ध आफूहरु धर्नामा बसेको जुनियर रेसिटन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. कविराज पौडलले बताए । उनले केसीको माग पूरा नभए विहीबारदेखि भने आकष्मिक कक्षबाहेकका सम्पूर्ण काम छाड्ने चेतावनी दिएका छन् ।