उर्लाबारी/ पत्रकार तेजन खड्का माथी आक्रमण गर्ने मोरङको उर्लाबारी–९ का कमल लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार पीडित पत्रकार खड्काले इलाका प्रहरी कार्यालय उर्लाबारीमा लिम्बु बिरुद्ध कुटपिट तथा अभद्र व्यवहार अन्तरगतको मुद्दामा जाहेरी दिएका हुन् ।

लिम्बूलाई अभद्र व्यवहार अन्तरगतको मुद्दामा म्याद थप गरी थप आवश्यक अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । शनिबार राती समाचारका विषयमा लिएर पत्रकार खड्का माथी आक्रमण गरेका थिए ।

पत्रकार खड्का माथी आक्रमण भएको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले शनिबार रातीनै लिम्बूलाई पक्राउ गरेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ प्रदेश नं. १, मोरङ शाखा, सञ्चार क्लब नेपाल उर्लाबारी लगायतले पत्रकार खड्का माथी भएको आक्रमण निन्दा गर्दै दोषीलाई कडा कार्वाहीको माग गरेका छन् ।