मोरङ/ मुटु रोगबाट पीडित सुनसरी सोनापुरका एमडी करिमुदिन मियाँको नोबेल हस्पिटलमा चिरफार नगरी नै मुटुको भल्भ खोलिएको छ ।
१५ वर्र्षदेखि मुटुको भल्व सागुरिएका कारण समस्यामा रहेका मियाँको पिटिएमसी पद्धतिबाट उपचार गरिएको हो । मियाँको खुट्टाको नसाबाट बेलुन छिराएर मुटुको भल्व खोलिएको अस्पतालका मुटुरोग बिशेषज्ञ डा. राजेश नेपालले बताए ।