धरान / खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन सुनसरीको अगुवाईमा धरानका ४ वटा फर्ममा अनुगमन गरिएको छ ।
धरान १५ मा रहेको सचेत उपभोक्ता समूहले अखाद्य बस्तु पाइने गरेको भन्दै उजुरी गरेपछि आइतबार धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा धरान १३ को नाम उल्लेख नगरिएको शान्ति सुब्बाको मासु पसल मादण्डविपरीत र प्रक्रियागत रुपमा सञ्चालन नभएको पाइएका छ । यस्तै विशाल मगरका नाममा रहेको शान्ति फुड प्रोडक्समा अनुज्ञापत्र नपाइएका छ । जीवन कार्कीले सञ्चालन गरेको पूर्वाञ्चल फुड प्रोडक्समा सरसफाइ नभएको पाइएको अनुगमनमा खटिएका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका कार्यालय प्रमुख विक्रम लिम्बुले बताए । ्
अनुगमनमा धरान उपमहानगरपालिकाका तर्फबाट प्रतिनिधि दिवस अधिकारी, इलाका प्रशासन कार्यालयका नासु गजेन्द्र रम्तेल, इलाका प्रहरी कार्यालय धरानका तर्फबाट प्रसनि बाबुराम खड्काको उपस्थित रहेको थियो ।