धरान / एक सातादेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसी र उनको विपरीत माग राखेर अनसन बसेका विजय थापाको धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरुले आज स्वास्थ्य परिक्षण गरेका छन् । डा. केशीको अवस्था नाजुक भए पछि स्वास्थ्य मन्त्रलायको निर्देशनमा बुधबार विहान विशेषज्ञसहितको टोली इलामा पुगेको थियो ।
टोलीले स्वास्थ्य परिक्षण गरि आइसियु तथा सिसियु सेवा भएको अस्पतालमा डा. केशीलाई राख्न सुझाव दिएको छ । जुनसुकै बेला अक्सिजन अभाव भई केशीलाई भेन्टिलेटरमा राख्न पर्ने अवस्था आउने टोलीले स्वास्थ्य मन्त्रालयमा पठाएको सुझावमा उल्लेख छ ।
बिशेषज्ञ टोलीले यो सुझाव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि पठाइसकेको छ । ‘‘डां केशीको अवस्था गम्भीर छ । पूर्वाधार भएको अस्पतालमा उहााको उपचार गर्नु पर्छ ।’ –इलाम गउको बीपी प्रतिष्ठानका सह निर्देशक डा विकास साहले भने, ।
टोलीले दिउँसो करिब ३ः५० बजे डा. केसीको स्वास्थ्य परीक्षण गरेको थियो । टोलीमा प्रतिष्ठानका अस्पताल सह निर्देशक साहको नेतृत्वमा , फिजिसियन तथा मुटू रोग बिशेषज्ञ डा.प्रशान्त साह, इमरजेन्सी बिशेषज्ञ डा. अजय यादव, एनेस्थेसियोलोजी तथा आइसियु बिशेषज्ञ डा. सविन भण्डारी, ल्याब टेक्निसियन जितेन्द्र देव र स्टाफ नर्स रचना राना रहेका थिए । बेलुका टोली धरान फकिएको बताइएको छ ।
यस्तो छ रिर्पोटमा
रिर्पोट अनुसार डा. ।केसीको शरीरमा अक्सिजनको मात्रा कम हुदै गएको र स्वासप्रश्वासमा पनि समस्या देखिएको छ । यस्तै, मुटूको चाल पनि अनियन्त्रित भएको र मुटूको चाल नियन्त्रण गर्न खादै आएको औषधी अनसनको कारणले पनि छुटेको छ ।
शरीरमा ग्लुकोजको मात्रा कम हुदै गएको छ । शरीरमा पानीको मात्रा कम हुदै गएर टाउको दुख्ने, हातखुट्टा बाउडिने समस्या देखिएको छ । यसैगरि, शरीरमा प्रोटिन घटेर ३ दशमलव ३ ग्राम प्रतिडिएल पुगेको कारण खुट्टा सुनिन थालेको छ । निमोनियाको संक्रामण हुने देखिएको छ । जुनसुकै बेला भेन्टिलेटरमा राख्नु पर्ने अवस्था आउन सक्ने बिशेषज्ञ टोलीले रिर्पो टमा उल्लेख गरेको छ ।