धरान  / धरान ७ स्थित मेन हाइवेमा १ करोड १० लाख लगानीमा सुविधा सम्पन्न होटल आजदेखि संचालनमा आएको छ । होटल सन्ध्या इनको बुधबार धरानकी कार्यबाहक मेयर मन्जु भण्डारी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले स)युक्त रिवन काटेर उद्घाटन गरेका छन् ।
मजदुर संगठनका प्रदेश सदस्य रविन अधिकारीले संचालनमा ल्याएको होटलमा १३ वटा एसी, ननएसी गेस्ट रूम, ३० जनाको क्षमता भएको एक मिटिङ हल र ८० जना क्षमता रहेको पार्टी हल रहेको छ । उदघाटनको अवसरमा खानामा १५ प्रतिशत, डिङक्स र रूममा १० प्रतिशत छुट रहेको उनले बताए । अन्य होटल भन्दा फरक यहाँ रूममा बस्ने अतिथीहरूका लागी २४ सै घण्टा किचन खुल्ला रहने भएकाले जतिबेला पनि खानाको अर्डर गर्न सकिने उनले बताए । भानुचक क्षेत्रमा व्यवस्थित होटल धेरै नभएकाले यो क्षेत्रमा होटल संचालनमा ल्याएको संचालक अधिकारीले बताए ।
को हुन अधिकारी
धरान ८ निवासी होटल संचालक अधिकारी २०४७ सालदेखि यातायात मजदुरको रूपमा कार्यरत रहेका थिए । २०६० सालबाट भने यातायातमा लगानी गर्दै यातायात व्यवसायी भएका थिए । त्यस बेला उनले २ वटा यात्रुबाहक बस संचालनमा ल्याएका थिए । २०६८ सालमा भानुचकमा होटल हटबाइट रेस्टुरेन्ट संचालन गरी होटल व्यवसाय सुरू गरेका थिए । त्यस पछि उनले २०६९ सालमा भोटेपुलमा सन्ध्या किचन सुरू गरे । हाल उनको १ वटा यात्रुबाहक एसयुभी गाडी संचालनमा रहेको छ । धरानमा स्तरीय होटल अभाव महसुस गर्दैं उनले सुविधा सम्पन्न होटल संचालनमा ल्याएका हुन ।