मेचीनगर/ झापाका बुद्धशान्ति-४ स्थित हापेन चोकका एक बालक लामो समयदेखि खाटमा डोरीले बाँधिएर जीवन बिताइरहेका छन् ।
शारीरिक रुपले हिँडडुल गर्न समेत नसक्ने १२ वर्षीय आइतराज लिम्बूको उपचारका लागि आर्थिक अभावका कारण उनी पशु सरहको जीवन बिताउन बाध्य भएका छन् ।
आर्थिक अवस्था अत्यन्त न्यून रहेको लिम्बू परिवार स्थानीय बगान क्षेत्रमा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।
७ जनाको परिवार रहेको लिम्बू परिवार ताप्लेजुङबाट ०५१ सालमा मोरङ बसाइँसरी आएका र त्यपछि ०७३ सालमा बुद्धशान्ति ६ स्थित हापेन चोकमा सडकको छेउमा रहेको एक घरमा भाडामा बस्दै आएका छन् ।
सामान्य घर बनाउने काम गर्दै आएका आइतराजका बुबा आर्थिक अभावले छोरोका पीडा हेर्नुबाहेक केही गर्न नसकेको बताउँछन् ।
शुरुमा देवा लाग्यो भनेर झारफुक गरेको तर ठीक नभएको उनका बुबा मिलनले बताए । पछिल्लो समयमा डाक्टरबाट नसामा समस्या रहेको भन्ने कुरा आएको छ । तर उपचार गर्न पैसा नभएको उनको गुनसो छ ।
पीडितका छिमेकी सुनिता सुब्बाले बालकको बाबुआमा मजदुरी गनेर दुःखले दैनिकी चलाउँदै आएको बताइन् । दिनभर ती बालक एक्लै खाटमा डोरीले बाधिँएर बस्नुको विकल्प नरहेको बताइन् ।
त्यस्तै स्थानीय मोहन लिम्बूले पीडितका बुबाले सामान्य घर बनाउने काम गरेर दुःखले परिवार पालेको बताए । बालकको आमा सुनिताले आर्थिक अवस्था राम्रो भएको भए छोराको उपचार गर्न सकिने बताइन् ।
डाक्टरले उपचार सम्भव रहेको बताए पनि आर्थिक अवस्थाका कारण छोराको उपचार गराउन नसकेको आमा सुनिता बताउँछिन् । शारीरिक रुपमा हिँडडुल समेत गर्न नसक्ने १२ वर्षीय आइतराज लिम्बू, उनका ५ महिनाका कान्छा भाइ जसको जन्मदै माथिल्लो पट्टिको ओठ छैन ।