धरान/सामाजिक क्षेत्रमा क्रियाशिल धरानस्थित बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान भित्रको लियो क्लब अफ धरान घोपा युनाइटेडले दाँत माँझ्ने र हात धुने बारे जनचेतना मुलक तालिम आयोजना गरेको छ ।

'हाइजिन आवर कन्सर्न' प्रोजेक्टमा मोडिफाइड बास टेकनिकबाट दात माँझ्ने र वैज्ञानिक ७ चरणमा हाथ धुने तरिका सम्बन्धि प्रस्तुति क्लबका अध्यक्ष लियो युकेश कुसी र कम्युनिटी सर्भिस डाइरेक्टर लियो ससान्क भट्टराईले दिएका थिए ।

'हात धोऊँ जानेर, रोग जान्छ भागे, र ब्रस गरौँ यसरी, किटाणु भागोस् त्यसरी' भन्ने सन्देशका साथ बीपी प्रतिष्ठानमा प्रथम वर्षमा अध्ययनरत १४० जना विद्यार्थीहरुलाई सो तालिम दिइएको क्लबका सचिव लियो शुभम कुमार अग्रवालले जानकारी दिए ।

अरु संस्थाहरुसँग मिलेर धरानका विभिन्न निजि तथा सरकारी विद्यालयहरुमा पनि हात धुने र दाँत माँझ्ने तालिम सञ्चालन गर्ने कुरा सो क्लबका कम्युनिटी सर्भिस डाइरेक्टर लियो निशान्त डल्लाकोटीले बताए ।

प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले प्रतिष्ठानमा यहि वर्ष स्थापना गरेको लियो क्लब अफ धरान घोपा युनाइटेडले आउदा दिनहरुमा समाजप्रति उत्तरदायी हुदै रक्तदान कार्यक्रमहरु, जनचेतना मुलक सडक नाटकहरु, महिला स्वास्थ्य सम्बन्धी तालिमहरु आयोजना, आँखा र मधुमेह जाँच शिविर, विद्यालयहरुमा निःशुल्क प्राथमिक उपचार तालिम र स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रमहरु, अनाथ आश्रम र वृद्धआश्रममा आवश्यक सामग्री प्रदान, दुर्गम ठाउँहरुमा निःशुल्क स्वास्थ शिविरहरु तथा विविध समाज सेवा, शिक्षा, स्वास्थ र व्यक्तित्व विकाससँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्ने क्लबका उपाध्यक्ष लियो मधुरेस गुप्ता र लियो सिलन भन्डारीले बताए ।