पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरेमा सहारा नेपाल सहकारी सेवा केन्द्र पथरीले आयोजना गरेको निःशुल्क शिविरमा २५ जनामा मोतियाविन्दु फेला परेको छ ।

मोतियाविन्दु भएका सबैलाई निःशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल बिर्तामोड लगिएको कार्यक्रम संयोजक डम्बर प्रधानले जनाए ।

मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सहारा नेपाल जीवन वरदान विभागका समेत स्वास्थ्यकर्मीले आँखा तथा सुगर र प्रेसरको निःशुल्क शिविर सञ्चालन गरेका थिए । कुल २ सय ९५ जनाको चेकजाँच गर्दा १ सय ४० जनामा सुगर र प्रेसर फेला परेको थियो । पथरी क्याम्पसको समेत सहयोगमा शिविर सम्पन्न भएको थियो ।