Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • उत्तर कोरियाली नेता किम चीन भ्रमणबाट स्वदेश फिर्ता

उत्तर कोरियाली नेता किम चीन भ्रमणबाट स्वदेश फिर्ता

alt
  • पुस २५, २०७५
  • रासस/एएफपी

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । 

उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । 

उत्तर कोरियाली नेता किम मङ्गलबार चीनको भ्रमणमा पुग्नु भएको थियो । प्योङयाङको एक प्रमुख कृटनीतिक साथीको रुपमा रहेको चीनको किमको चौथो भ्रमण हो । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता रहेको थियो । 

नेता किम बेइजिङको केद्रीय रेलवे स्टेशनमा मङ्गलबार अपराह्नमा आइपुगेको थियो । एक दिनको बसाई पछि सो रेल उत्तरपूर्वी सीमा इलाकामा फर्किएको एएफपी सामाचार समितिका पत्रकारहरुले जानकारी दिएका छन् । 

किम चिनियाँ राष्ट्रपति सी चिनफिङसँग एक घण्टा भेटवार्ता गर्नु भएको थियो । उत्तर कोरियाली नेता किमको मङ्गलबार नै जन्मदिन पनि परेको जनाइएको छ । यी दुबै नेता प्रथम महिलासहित बेइजिङ ग्रेट हल अफ द पिपुलमा गएका दक्षिण कोरियाली समाचार समिति योन्हापले जनाएको छ । 

किमका साथमा उत्तर कोरियाली प्रथम महिला री सोल जुसहित अरु उत्तर कोरियाली उच्चस्तरीय मण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको छ । 

किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ता हुने समाचार सार्वजनिक भएको अवस्थामा नै किमले चीन भ्रमण गरेकाे हो । 

यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर सम्मेलनको पूर्वतयारीका लागि यो भ्रमण भएको भन्ने समाचार पनि सम्प्रेषण गरेका छन् । 

गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । 

यसै साताको शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए । 

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो । अर्काे बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन– राष्ट्रपति ट्रम्पले बताएका थिए । 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार
आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप ...

घरेलु मदिरालाई व्यावसायिक बनाउने तयारी

विराटनगर । कोशी प्रदेश सरकारले वर्षौंदेखि ‘अवैध’ मानिँदै आएको परम्परागत घरे ...

बीपीको फार्मेसी रकम अपचलन प्रकरण: निर्देशकसहित को–को हुन् जिम्मेवार ?

विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आजदेखि एसइई परीक्षा
घरेलु मदिरालाई व्यावसायिक बनाउने तयारी
बीपीको फार्मेसी रकम अपचलन प्रकरण: निर्देशकसहित को–को हुन् जिम्मेवार ?
एनसेलको दैनिक सय एमबी निःशुल्क डेटा
भीडको आवरणमा अपराधलाई उन्मुक्ति कहिलेसम्म ?
आजको राशिफलः २०८२ साल चैत १९ गते बिहीबार
सुनसरीका मालपोत र यातायात कार्यालयबाट विचौलिया पक्राउ
एमाले संसदीय दलको नेतामा थापा चयन
१२ वर्षमा चट्याङले लियो हजार बढीको ज्यान
न्यायिक नेतृत्वमा सपना प्रधान मल्ल
तलब नपाउँदा कामदार आन्दोलित, अरुण तेस्रोको काम ठप्प
बर्डफ्लू सङ्क्रमणः सुनसरीमा १९ हजार कुखुरा नष्ट
लागूऔषधसहित ९ जना पक्राउ
हङ्कङमा नाक्छोङ प्रदर्शन हुने
भदौ २३–२४ को आपराधिक कार्यमा संलग्न अझै पक्राउ परेनन्
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved